दफा ६०
ढल निकास सेवाको लागि निवेदन दिनुपर्ने
(१) ऐनको दफा २२ बमोजिम ढल निकास सेवा प्राप्त गर्न चाहने व्यक्ति, संस्था वा निकायले अनुसूची-९ बमोजिमको ढाँचामा सेवाप्रदायक समक्ष निवेदन दिन् पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि सेवाप्रदायकले निवेदकको मागबमोजिम सेवा उपलब्ध: गराउन सकिने वा नसकिने सम्बन्धमा प्राविधिक तथा अन्य आवश्यक जाँचबुझ गर्नेछ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा सेवा उपलब्ध गराउन सकिने भएमा सेवा उपलब्ध गराउँदा प्रयोग हुने सामग्रीको लागत रकम र आयोगले निर्धारण गरेको ढल जडान शुल्क जम्मा गर्न निवेदकलाई पन्ध्र दिनको सूचना दिनु पर्नेछ।
(४) उपनियम (३). बमोजिम लागत रकम र ढल जडान शुल्क जम्मा गरे पश्चात सेवाप्रदायकले त्यस्तो व्यक्तिको नाम उपभोक्ताको सूचीमा समावेश गराई निजलाई सात दिनभित्र सेवा उपलव्ध गराउनु पर्नेछ।
(५) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई तत्काल: सेवा उपलब्ध गराउन नसकिने भएमा सोको कारण सहित त्यसको जानकारी सम्बन्धित निवेदकलाई सात दिनभित्र दिनु_पर्नेछ।
(६) उपनियम (५) बमोजिम सेवाप्रदायकको निर्णय उपर चित्त नबुझ्ने निवेदकले मन्त्रालयले तोकेको अधिकारी समक्ष उजुरी दिन सक्नेछ।
(७) उपनियम (६) बमोजिम उजुरी प्राप्त भएपछि मन्त्रालयले तोकेको अधिकारीले सो उजुरी उपर जाँचबुझ गरी आवश्यक निर्णय गर्न सक्नेछ।